झापा। दमक नगरपालिका-५ गुम्बा चोकस्थित सोही नगरपालिका-२ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ स्थित सुदेश बस्नेतको चिया पसलमा तास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ