काठमाडौँ । सभामुख देवराज घिमिरेसँग जर्मन संसदको साउथ एसिया समूहका सदस्य र नेपालका लागि जर्मनीका राजदुतले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकास लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
भेटका क्रममा सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कुटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका छन् । साथै उनले नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै सो विषयलाई संसदले यथाशीघ्र टुङ्गो लगाउने उल्लेख गरेका छन् ।
नवीकरणीय र स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा जर्मनीले नेपाललाई गरेको सहायताको प्रशंसा गर्दै सभामुख घिमिरेले उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका नेपालीलाई ज्ञान आर्जनपश्चात स्वदेशमै लगानी तथा बसोबासका लागि आकर्षित गर्नसके नेपालमा उपलब्ध मानवपूँजी थप मजबुत हुने र वैदेशिक लगानी आकर्षित गर्न सकिने उल्लेख गरे ।
जर्मनीका संसदका साउथ एसिया समूहका टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गरेकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना व्यक्त गर्दै नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावनाहरु रहेको उल्लेख गरेका छन् ।
भ्रमणमा टोलीका सदस्यहरूले नेपालको कलिलो लोकतन्त्रलाई मजबुत बनाउन जर्मनीले आवश्यक सहयोग गर्नसक्ने र त्यसका लागि नेपालले पहल गर्नुपर्ने धारणा राखेका छन् । साथै उनीहरुले नेपालमा प्रगतिशील कानूनहरू रहेको भन्दै नेपालको कानून निर्माण प्रक्रियाको समेत प्रशंसा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले भने-‘सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक’
कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यवस्थापनमा गर्नेबारे अध्ययन भइरहेको छ : सभामुख
जेनेभा जाँदै सभामुख घिमिरे
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे
नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका छ: सभामुख घिमिरे
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक