काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २१.१५ अंक (१.०१ प्रतिशत) ले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसयता चार दिन कारोबार भएको सेयर बजारमा चार दिन नै बजार परिसूचक नेप्सेमा गिरावट भएको हो । पछिल्लो चार कारोबार दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटाउने र मौद्रिक नीति केही खुकुलो बनाउने अपेक्षामा रहेका सेयर लगानीकर्ता राष्ट्र बैंकले कसिलो नीतिलाई नै निरन्तरता दिएपछि त्यसयता सेयर बजार लगातार घटिरहेको छ ।
बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
आइतबार ३ अर्ब माथिको कारोबार भएको नेप्सेमा त्यसयताको तीन कारोबार दिनमा कारोबार २ अर्ब पुगेको छैन । बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाख २८ हजारको कारोबार हुँदा अपी पावरको ५ करोड १३ लाख ७४ हजार र ङदी ग्रुप पावरको ४ करोड ३६ लाख ४३ हजारको कारोबार भएको छ ।
बिहीबार बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । राप्ती हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.२३ प्रतिशतले वृद्धि हुँदा सबैको लघुवित्तको सेयरमूल्य २.०२ प्रतिशत र इमर्जीङ नेपालको सेयरमूल्य १.९४ प्रतिशतले बढेको छ ।
युनिलिभर नेपालको सेयरमूल्य ५.९१ प्रतिशतले गिरावट हुँदा सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ५.५१ प्रतिशत र सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ फागुन २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार