काठमाडौँ । संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै बस्दै छन् । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने तथा राष्ट्रियसभामा उपाध्यक्ष चयन र वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपाध्यक्ष निर्वाचन प्रक्रियामा सदस्य प्रेमप्रसाद दंगालले ‘लिलाकुमारी भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत सभासमक्ष गर्नेछन् ।
सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग