टर्कीका भूकम्प पीडितका लागि नेपालले आज राहत सामग्री पठाउँदै

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, ०९ : ०१
टर्कीका भूकम्प पीडितका लागि नेपालले आज राहत सामग्री पठाउँदै

काठमाडौँ । नेपालले टर्कीका भूकम्प पीडितका लागि सोमबार राहत सामग्री पठाउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आज बिहान ११ बजे टर्की एयरलाइन्सबाट सामग्री पठाइने जानकारी दिए।
सामग्री शुक्रबार नै पठाउने भनिएको थियो। तर, टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएको हो। सामग्री विमानस्थलमा पुर्‍याइ तयारी अवस्थामा राखिएको छ।

विभिन्न संघसंस्थाको समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाउन लागेको हो। राहतमा टेन्ट, न्यानो कपडा, औषधी, स्वास्थ्य उपकरण लगायतका सामग्री छन्।

सामग्रीको कुल तौल २२ हजार ७८७ केजी रहेको छ । टर्की सरकारले यी सामग्री तत्काल आवश्यक रहेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस