झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसार रिजालका अनुसार मेचीनगर नगरपालिकाका ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय विजय तिवारीलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ