काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी पक्राउ परेका हुन् ।
ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा
सुनको मूल्य बढयो, कतिमा हुँदैछ कारोबार ?