काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा हुने जानकारी दिएको छ ।
आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताए ।
‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ । नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ ।’
त्यस्तै आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एक पटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उनले जानकारी गराए ।
निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट रोक्न फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता
पर्सिबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता
८५ पुग्यो बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग
मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ: निर्वाचन आयोग