काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (पुस १०) छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
सुनको यसअघिको उच्च मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ थियो । यही पुस ९ गते सुन उक्त मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ५६५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?