काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।
यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?