राष्ट्रियसभा चुनावमा गगन थापाको नयाँ स्टाट्रेजी

कांग्रेसका उम्मेदवारलाई अनिवार्य मत दिने, अन्य स्थानमा गठबन्धन भन्दा योग्य उम्मेदवार आफु अनुकुल छान्न दिने या मतै नदिने विकल्पमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०८२, ०७ : ११
राष्ट्रियसभा चुनावमा गगन थापाको नयाँ स्टाट्रेजी

काठमाडौं । कांग्रेस विभाजित नहुँदै राष्ट्रियसभा चुनावका लागि कांग्रेसले एमाले र जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी गठबन्धन गरेर उम्मेदवारी उठाएको थियो । 

राष्ट्रियसभाको रिक्त १८ पदमा आगामी माघ ११ गते चुनाव हुँदैछ । जसका लगि कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिटमा चुनावी भागवन्डा गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीलाई पनि तीन सिट दिएर भागवन्डामा ल्याउने कोसिस शेरवहादुर देउवा र केपी ओलीले गरेका थिए । तर प्रचण्डले राष्टियसभामा मतभारका आधारमा ४ सिट नदिने भए एक्लै चुनाव लड्ने भन्दै एक्लै चुनाव लड्न तयार भएका थिए । 

एमाले जसपासँग गठबन्धन गर्ने र उम्मेदवार छनौटमा शेरवहादुर देउवाले गरेको निर्णयमा गगन थापाले पार्टी बैठकमा फरक मत राखेका थिए । उनले उम्मेदवार छनोटमा केन्द्रीय कार्यसमिति, संसदीय बोर्डको मानमर्दन भएको भन्दै महामन्त्रीका रुपमा फरक मत बैठकमा राखेका थिए । 

एकाएक एमालेसँग तालमेल गर्ने कार्य सही नभएको भन्दै गगनले तालमेलको सैद्धान्तिक आधार के हो रु किन गरेको होरु,’  भन्दै फरक मत राख्ने बेला प्रश्न पनि गरेका थिए । कांग्रेसका उम्मेदवार छान्दा पनि पार्टीमा छलफल नै नगरी सिधै टिकट दिएर पठाएकोमा पनि उनको आपत्ति थियो । 

एमालेसँगको तालमेलको सैद्दान्तिक रुपमै प्रश्न उठाएका थापाले अहिले कांग्रेसभित्र विद्रोह गरेर विशेष महाधिवेशन गराएर आफै विशेष महाधिवशेन पक्षधरको सभापति बनेका छन् । गगन सभापति बनेपछि उनले आफुसँग रहेका राष्टियसभाका मतदातालाई कांग्रेसका ९ जना उम्मेदवारलाई अनिबार्य मत दिने तर अन्य एमाले र जसपाका उम्मेदवारका सवालमा भने शेरवहादुर देउवाले गरेको सहमति मान्नै पर्ने भन्ने नभएको भन्दै आफना जनप्रतिनिधि मतदातालाई स्वविवेकी निर्णय गर्न दिने गरी छलफल थालेका छन् । 

राष्टियसभा चुनावमा प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष मतदाता हुन्छन् । ‘कांग्रेसका तर्फबाट उम्मेदवार बनेका ९ जनालाई मतदान गर्न अनिबार्य आग्रह गर्ने, तर एमाले र जसपाका उम्मेदवारलाईम त दिने सवालमा देउवाले गरेको सहमति अक्षरस पालना गरिरहनुपर्ने भन्ने नभएको भन्दै ती उम्मेदवारका हकमा स्वविवेकी अधिकार प्रयोग गर्न दिने विषयमा आन्तरिक छलफल शुरु भएको छ,’ गगन निकट एक केन्द्रीय सदस्यले भने ।

कांग्रेसका उम्मेदवार नभएका ठाँउमा अन्य पार्टीका योग्य जुनकुनै उम्मेदवारलाई छानेर स्वविवेकी मत दिने वा खाली छोडिदिने भन्ने विषयमा गगनको टिममा छलफल भईरहेको उनले बताए । 

कांग्रेसको देउवा पक्षसँग सहमति गरेकोले एमालेले कांग्रेसका उम्मेदवारलाई मत दिने विश्वासमा गगन पक्ष छ । देउवा पक्षका नेताहरु भने गगनले बनाउन लागेको यस्तो स्टाट्रेजीका कारण अप्ठ्यारोमा परेको छ । केपी ओलीसँग सहकार्यका लागि बनाएको गठबन्धनमा एमाले र जसपाका उम्मेदवारलाई मत नदिई नेपाली कम्युनिष्ट पार्टीलाई गगनका मान्छेले मत दिँदा एमाले उम्मेदवार पराजित हुनसक्ने देखेपछि देउवा थप अप्ठ्यारोमा देखिएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीका आफ्नै उम्मेदवार रहेको र कांग्रेसका उम्मेदवारले आफ्नो मत मात्रै पनि सुरक्षित गरेपनि चुनाव जित्ने हिसाव गगनले निकालेका छन् । त्यसो हुँदा उनले एमालेभित्र पनि ओलीलाई पाठ सिकाउन पनि देउवाले गरेको राष्ट्रियसभा गठनबन्धन आफुले कांग्रेस बैठकमा फरक मत नै राखेका कारण पनि तोडिदिने योजनामा गगन देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस