प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०८२, ०७ : ०३
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी त्यसभित्र पनि पूर्व माओवादी धारका नेताहरुलाई भुत्ते पार्ने र खासगरी प्रचण्डलाई घेराबन्दी गर्ने योजनामा नेत्रविक्रम चन्द (विप्लव) र जनार्दन शर्मा लागेका छन् । शर्मा बाबुराम भटटराईसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर चुनावी अभियानमा छन् । त्यस्तै विप्लव नेकपा (माओवादी) ब्यूताएर चुनाव लड्ने तयारीमा जुटेका छन् ।

यी दुवै नेताहरुले खासगरी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले चुनाव जित्ने आधार क्षेत्रमा आफना पार्टीका बलिया उम्मेदवार उठाउने र प्रचण्डको मिटलाई हराउने योजनामा देखिएका छन् । 

त्यसका लागि बरु कांग्रेस, एमाले लगायत दलहरुसँग घोषित अघोषित मोर्चाबन्दी गर्ने प्रयास समेत गरेका छन् ।खासगरी रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, गोरखा , कालिकोट लगायत जिल्लामा नेपाली कम्युनिष्ट पार्टीलाई हराउने मिसनमा उनीहरु जुटेका छन् । 

नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पामा वर्षमान पुन (अनन्त), रुकुम पश्चिममा गोपाल शर्मा (अनल), रुकुम पूर्वमा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), गोरखा २ मा लेखनाथ न्यौपाने चुनाव लड्ने तयारीमा छन् । तर यी निर्वाचन क्षेत्र नेपाली कम्युनिष्ट पार्टीले जित्ने देखेपछि त्यहाँ चुनाव जित्ने भन्दा पनि त्यहाँ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई कसरी हराउने भन्ने योजनामा बाबुराम, जनार्दन र विप्लव लागेका छन् । यधपी जनार्दन र विप्लवका बीचमा चुनाी सहकार्य भईसकेको त छैन । तर सहकार्य गर्ने गृहकार्य मा छलफल भने जारी रहेको बताइएको छ । 

रोल्पमा वर्षमानसँग विप्लव आफैं चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सधै निर्वाचनको विपक्षमा रहँदै आएका विप्लव यसपटक पार्टीलाई चुनावी मोर्चामा होम्न लागेका छन् । उनी अहिले एमाले अध्यक्ष केपी ओलीले झै सर्वपक्षिय सरकार लगायतका विषयमा साझा मत राखिरहेका छन् । एमाले महाधिवेशनमा पुगेर उनले ओलीको गुणगान समेत गाएका थिए ।

रोल्पमा कांग्रेस, एमाले, जनार्दन बाबुरामको प्रलोपसम्मको साथ लिएर उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बर्षमान पुनसँग भिड्ने र नतिजा आफनो पक्षमा पार्ने तानाबानामा लागेका छन् । यता रुकुम पश्चिममा लगातार चार पटकसमम चुनाव जित्दै आएका जनार्दनले नेपाली कम्युनिष्ट पार्टी छोडेर अर्थात प्रचण्डको साथ छोडेर बाबुराम भटटराई लगायतसाग मिल्न पुगेपछि जनाधार नेपाली कम्युनिष्ट पार्टीमै देखिएको कारण एमालेसम्मको साथ लिएर चुनाव लड्ने तयारी गरेका छन् । त्यही क्रममा उनले एमाले अध्यक्ष केपी ओलीसँग समेत छलफल चलाईसकेका छन् । ओलीले एमालेको चुनाव चिन्ह्र सूर्य लिएर जनार्दनलाई चुनाव लड्न सुझाएको समेत समाचारहरु सार्वजनिक भईरहेका छन् । 

तर उनी आफ्नै पार्टी प्रलोपको चुनाव चिन्ह्रमा चुनाव लड्न या एमालेको सूर्य चिन्ह्र लिएर उठ्ने भन्ने निक्यौलमा पुगिसकेका छ्रैनन । रुकुम पूर्वमा यसपटक प्रचण्ड आफै चुनाव लड्ने तयारी गरेपछि त्यहाँ जनार्दनले पूर्व विधार्थी उपाध्यक्ष तथा शहीद पुत्र सन्दीप पुनलाई चुनावमा उतार्ने तयारी गरेका छन् । प्रचण्डमाथी दोस्रो संविधानसभा चुनावका बेला मोहन वैद्य, नेत्रविक्रम चन्द (विप्लव) लगायतले काठमाडौं १० मा घेराबन्दी गरेजस्तै भावनात्मक विषय उठाएर जनताको मनोविज्ञान परिवर्तन गराएर पराजित गराउन सकिन्छ की भन्ने तीर हान्न खोजेका छन् ।

यता पछिल्लो समय बलियो बनेको गोरखा २ मा गत चुनावमा प्रचण्डले जितेका थिए । त्यहाँ अहिले लोकप्रिय युवा नेता लेखनाथ न्यौपानेलाई नेपाली कम्युनिष्ट पार्टीले चुनावमा उतार्न लागेको छ । तर त्यही क्षेत्रबाट भने विप्लवको पार्टीबाट उमा भुजेल, प्रलोपवाट बाबुराम भटटराई या अन्य कोशी उठाउने तयारी गरेको छ । त्यसो गर्दा उमा र बाबुरामहरुले नेपाली कम्युनिष्ट पार्टीको मत कटाउने र नजित्ने अवस्था बनाउने रणनीतिमा उनीहरु देखिन्छन् । बरु उनीहरु त्यस्ता क्षेत्रहरु कांग्रेस, एमाले वा रास्वपाले चुनाव जितेपनि नेपाली कम्युनिष्ट पार्टीलाई भने रोक्ने रणनीतिमा लागेको देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको अर्काे बलियो क्षेत्र हो सिन्धुली । सिन्धुली २ मा नेपाली कम्युनिष्ट पार्टीले चुनाव जित्ने देखेपछि त्यहाँ प्रलोपले पूर्वमन्त्री समेत रहेका राम कार्कीलाई उम्मेदवार बनाउन चाहेको छ ।

सिन्धुलीकै कार्की पछिल्लो पटक झापातिरको राजनीतिमा केन्द्रीत थिए । तर उनलाई सिन्धुली लगेर उठाउने योजना भनेको उनले जित्ने भन्दा पनि नेपाली कम्युनिष्ट पार्टीको मत काटिदिने र हराईदिने रणनीतिक योजना रहेको बताइएको छ । 

त्यस्तै चितवन ३ मा रेनु दाहाल उम्मेदवार बन्दा उनले चुनाव जित्ने देखेपछि त्यहाँ पनि को उम्मेदवार उठाउँदा पराजित गराउने र मत काटिदिनसकिन्छ त्यस्तो उम्मेदवारको खोजी शुरु भएको प्रलोप निकट स्रोतले बताएको छ ।