काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् ।
आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि काँग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।
शेरबहादुर देउवा नेतृत्वको काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ,’ उपसभापति शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा