काठमाडौ । सुनचाँदीकै मूल्य आज पनि घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो।
गएको मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो। गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
गएका तीन दिनमा सुनको भाउ ताेलामा ९ हजार ६ सय रुपैयाँ घटेको छ। त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?