काठमाडौ । सुनचाँदीकै मूल्य आज पनि घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो।
गएको मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो। गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
गएका तीन दिनमा सुनको भाउ ताेलामा ९ हजार ६ सय रुपैयाँ घटेको छ। त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?