काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?