‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०८२, १७ : १९
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहबीच चार बुँदे सहमति भएको छ। 

बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन जेड विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख छ।