बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ स्थित झननामा सेती नदिमा हाम्फालेका युवकको शव भेटिएको छ ।
छबिस पाथिभेरा गाउँपालिका–४ घर घएका २९ वर्षीय नरेश थापाको शव गोताखोर टिमले निकालेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए ।
माघ २० मा नरेश थापा सेतीमा हाम फालेका थिए । हाम फालेको स्थानबाट करिब ५० मिटर तल शव भेटिएको एसएसपी थापाले जानकारी दिए ।
बेपत्ताको खोजीमा बैद्यनाथ बाहिनी मूख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला