कञ्चनपुर। कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका–६ का बोहराको से ७ प १४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शून्य दशमलव १५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन फेला परेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई नियन्त्रणमा लिएको हो ।
बोहरालाई इकाका प्रहरी कार्यालय बेलौरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाकलसहित बोहरालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ