जनकपुरधाम । धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना विचौलियालाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० बर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो ।
सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिंग गरी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ