जनकपुरधाम । धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना विचौलियालाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० बर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो ।
सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिंग गरी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ