यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, ०८ : २९
यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ ७ गते अर्थात् शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बैंकले आजकाे लागि निर्धारण गरेकाे विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्री दर १४० रुपैयाँ ९१ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ५६ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस