विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, १४ : ४२
विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुरंघटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिन पोखरा जान लागेका हुन् । प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा जानेछन् ।

प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जानेछन् । दुर्घटना भएको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । घटनास्थल सेती खोचबाट केही शव निकालिएको छ । भने बाँकी उद्धारको काम हुँदैछ ।

प्रतिक्रिया दिनुहोस