काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ। वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो।
माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए। उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे।
‘पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,’ पोखरेलले भने।
उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले फेरि माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
विद्यालाई राजनीतिमा आउन नदिने एमालेको निर्णय प्रथम दृष्टिमै बदरयोग्य: माओवादी
माओवादीको स्थायी समिति बैठक साउन १६ मा बस्ने
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार