काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर सरकारले ऐतिहासिक कदमलाई स्थापित गरेको बताएका छन् । उनले शाह नेपालको भौगोलिक एकीकरणका नायक भएको पनि बताए ।
पृथ्वी जयन्तीको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
उनले भने, ‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह । वास्तवमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यकता छैन । राज्य विस्तारकै तरिकाद्वारा बस्तुगत रुपमा नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत् भयो । त्यसलाई स्मरण गर्दै, त्यसलाई सम्मान गर्दै सरकारले आज दिनलाई पृथ्वी जयन्तिको रुपमा विदा दिने निर्णय गरेको छ । यसको ऐतिहासिक महत्व स्थापित भएको छ । पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं ।’ सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ
बहुविवाहलाई कानूनी मान्यता दिने कुरा स्वीकार्य हुँदैन: नारायणकाजी श्रेष्ठ