ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, ०९ : २१
ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद

काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

जुवा खालबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । 

ग्रिन सिटी भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले कौडा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति जुवाखालबाट पक्राउ परेका आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया दिनुहोस