एजेन्सी । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन ।
अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन ।
‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् । लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए ।
उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।
फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान लोरिसले फ्रान्सबाट तीन विश्वकपसहित ६ प्रमुख प्रतियोगिता खेले ।
लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ पुस २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा