कैलाली । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जना नेपालीको पहिचान खुलेको छ ।
जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहोरा रहेका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा बसका चालक भारतीय नागरिकको भने भने सनाखत हुने सकेको छैन ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने स्थानमा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु