कैलाली । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जना नेपालीको पहिचान खुलेको छ ।
जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहोरा रहेका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा बसका चालक भारतीय नागरिकको भने भने सनाखत हुने सकेको छैन ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?