काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु हुँदैछ । मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुन लागेको हो । मर्जर घोषणाका लागि सोमबार बिहान एक कार्यक्रमको आयोजना गरिएको छ ।
यसअघि दुवै बैंकको साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।
बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार शुरु गर्न डाटा माइग्रेसनका लागि शनिवार र आइतवार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ सेवाहरू बन्द थिए ।
तर, सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा थिए ।
मर्जर पश्चात् बैंकको कूल पुँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५.७७ अर्ब, कूल निक्षेप रु ४०८ अर्ब, कूल कर्जा रु ३७६ अर्बभन्दा बढी पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड