एजेन्सी । अस्ट्रेलियामा दुई हेलिकप्टर एकापसमा ठोक्किन पुगेको छ ।
दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलका अनुसार दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।
घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु