काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन्।
डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन्।
‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
एमाले अध्यक्ष ओलीनिकट मानिने नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली