सिराहा । सिराहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुऔषध विक्री गरिरहेको अवस्थामा ५.५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजाना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा लागुऔषध ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार-६ को ३० वर्षीय दिपकुमार महरा, २५ वर्षीय पंकजकुमार महतो, वर्ष २० को शिरिल महरा र २५ वर्षीय संजय मोचीको साथबाट सेतो प्लास्टिकको स-सानो पोका बनाएको ७ थान ५.५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ‘इन्सपेक्टर’ राजु केसीले जनाएको छ ।
पक्राउ परेका चारैजानाको साथबाट डिजिटल तराजु, विभिन्न दरका दुई हजार भारतीय रुपैयाँ, तीन हजार नेपाली रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको इन्स्पेक्टर केसीले बताए। पक्राउ गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ