काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
यस्तै १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि २:३० बजेदेखि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै