काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
यस्तै १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि २:३० बजेदेखि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा