काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले बढेर एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेर १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?