काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारको पहिलो काम नेपाली अर्थतन्त्रको पुनरुत्थान गर्ने भएको बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको पदाधिकारीसँग आज मंगलबार विहान भएको भेट तथा बधाई दिने कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताए ।
महासंघकाअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र जटिल समस्यामा फसेकाले त्यसको पुनस्र्थापनामा आफू केन्द्रित भएर लाग्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष भवानी राणासहित महासंघका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति