काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारको पहिलो काम नेपाली अर्थतन्त्रको पुनरुत्थान गर्ने भएको बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको पदाधिकारीसँग आज मंगलबार विहान भएको भेट तथा बधाई दिने कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताए ।
महासंघकाअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र जटिल समस्यामा फसेकाले त्यसको पुनस्र्थापनामा आफू केन्द्रित भएर लाग्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष भवानी राणासहित महासंघका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की