एजेन्सी । भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको जनाइएको छ ।
दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो । चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु