एजेन्सी । भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको जनाइएको छ ।
दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो । चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते