काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारधी तहमा अध्ययनरत २÷२ जना गरी जम्मा ६ जनालाई अनुशन्धान वृत्ति दिन लागेको हो । अख्तियारले स्नातकोत्तर तहमा अनुशन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधी तहमा अनुशन्धान/शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो