एजेन्सी । गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ।
चिनियाँ जनमुक्ति सेना (पिएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो।
यसैबीच, लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पिएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका छन्।
साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारीसमेत दिए। भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर संसदमा मंगलबार विपक्षी सांसदहरूले हङ्गामा गरेका थिए।
रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोकसभाबाट बाहिरिएका थिए।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ मंसिर २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली भरतपुरमा
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड
इरानको पक्षमा उभिँदै चीनले भन्यो-‘इजरायली बर्बर हमला निन्दनीय’