काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले जारी विश्वकपलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँ पर्ने ६० जीबी डेटा खरिद गर्दा अन्नपूर्ण होटेलमा फिफा विश्वकपको फाइनल म्याच निशुल्क हेर्ने मौका पाउन सक्नेछन् । सीमित अवधिभित्र यो डेटाप्याक खरिद गर्ने प्रयोगकर्ताले उक्त होटेलमा विश्वकपको फाइनल खेल निःशुल्क हेर्न सक्नेछन् ।
प्याक खरिद गर्नका लागि *१७१२३*३०# टाइप गरेर कल गर्न सकिन्छ । प्याक खरिद गरिसकेपछि नजिकैको एनसेल सेन्टरबाट टिकेट लिनुपर्ने हुन्छ । त्यसपछि काठमाडौँ दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विश्वकप फुटबलको फाइनल खेलको लाइभ निःशुल्क हेर्न सकिन्छ ।
यो अफर ९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म रहेको कम्पनीले जनाएको छ । एनसेलका अनुसार सिट सीमित भएकाले छिटो डेटा प्याक खरिद गर्ने ग्राहकले विश्वकपको लाइभ हेर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी