काठमाडौँ । एनसेलले अघिल्लो हप्ताको तोडफोडका घटनाले केही कार्यालयमा क्षति पुगे पनि दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको बताएको छ । संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि एनसेलले तीन दिनसम्म नि:शुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।
प्रदर्शनबाट मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखराको क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुगेको एनसेलले जनाएको छ । प्रदर्शनबाट भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम गराएको कम्पनीको भनाइ छ ।
युवाहरूको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने एनसेलले आशा व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने