चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावपछि देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएको बताएका छन् ।प्रतिनिधि सभा चुनावमा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पाण्डेले निर्वाचनपछि सरकार गठन र दिगोपना तथा आर्थिक संकट एकसाथ देखिन सक्ने खतरा रहेको बताए ।
प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बाहेक अन्य दलले सरकार बनाउँदा ५–६ वटा दल जम्मा गर्नुपर्ने जनमत आएकोले यसले राजनीतिक अस्थिरताको खतरा देखिएको बताए ।
सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिवन्ध हटाएको प्रशंग निकाल्दै एमाले उपाध्यक्ष पाण्डेले आयात रोक्दा राजश्व नउठ्ने र देश चलाउन नसकिने तथा आयात खुला गर्दा वैदेशिक मुद्रा सञ्चितीमा ठूलो दवाव पर्ने अवस्था आएकोले देश आर्थिक संकटतर्फ जान सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे