फिनल्याण्ड र नर्वेबाट नेपालले पाउने भयो ५ अर्ब ११ करोड अनुदान

सफल खबर संवाददाता

बुधबार, २१ मंसिर २०७९, १५ : १३
फिनल्याण्ड र नर्वेबाट नेपालले पाउने भयो ५ अर्ब ११ करोड अनुदान

काठमाडौं । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने १९५ मिलियन नर्वेजियन क्रोनर ९करिब २ अर्ब ५७ करोड रुपैयाँ० अनुदान समेत स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस