चितवन । भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशूल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ । मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म निःशूल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशूल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो । पदभार ग्रहण गर्दा गर्नुभएको दुई वटा निर्णय मध्ये छोरी बीमा कार्यक्रम यसअघि नै कार्यान्वनमा आइसकेको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले ७ हजार लिटरबाट निःशूल्क खानेपानी उपलब्ध गराउने कार्यको थालनी गर्नु सकारात्मक विषय रहेको उल्लेख गरिन्। यो निर्णयले अधिकांश विपन्न नागरिकलाई निःशूल्क खानेपानी उपलब्ध हुने विश्वास महानगरले लिएको उनको भनाई छ ।
निःशूल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शूल्क तिर्नुपर्ने गरी सम्झौता भएको छ । भेयर दाहालले बाहिरा चर्चामा आए जस्तो भरतपुरमा खानेपानीको अभाव नरहेको उनले स्पष्ट पारिन् ।मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजना हुँदै आएको उल्लेख गरिन् ।
मेयर दाहालले अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धार जडान भईसक्ने जानकारी दिइन्।महानगरपालिकाले प्रयाप्त पानी उपभोक्तलाई पुराउने नीति अनुसार डिप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गर्ने कामलाई अगाडि बढाईरहेको छ । हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम