काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, १० : २४
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३ दशमलव ७ प्रतिशत मत बदर भएको हो । 

जिल्लामा १ लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए । जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए ।

क्षेत्र नम्बर १ मा कूल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७२२ मत बदर भएको छ । 

प्रतिक्रिया दिनुहोस