चितवन।भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।
सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल,स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थाई टहरा लयायतको अन्य संरचनाहरु सडकबाट फूटपाथमा सवारीसाधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाई गरी बनाइएका स्थायी रयाम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी संचालनमा रहेका पसल, गोदाम, रेष्टुरेण्टमा प्रयोग भइरहेको बेसमेन्टहरु हटाउन महानगरले आग्रह गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृति शहरको रुपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइन् । यस्ता संरचनाले भरतपुरलाई कुरुप बनाउने भएकाले महानगरपालिका यो कार्यको सुरुवात गर्न लागेको उनको भनाई छ ।
महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ बमोजिम महानगर आफैले हटाई लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल उपर गर्ने जनाएको छ । यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरु प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था ‘स्थानीय सरकार संचालन ऐन–२०७४ ले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न