काठमाडौं । आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएकाे छ ।
यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन् । केसीले ८० वर्ष नाघिसकेका छन् । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी ७७ वर्षका भए । डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ ।
अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन् । यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु चुनावमा उम्मेदवारी दिएकाहरूको आज उम्मेदवारी फिर्ता लिने दिन
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी