काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर(१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। उनीहरू प्रदेश २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा सिरहाको करजनहा नगरपालका-११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु