काठमाडौँ। काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन