दोलखा । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् ।
तर राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान मात्र सामाजिक सञ्जालमार्फत मत मागेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु।
मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना तथा उम्म्द्वारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा मात्रै उम्मेदवारहरुले गरे १ करोड ५६ लाख खर्च
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
कांग्रेसका दुई उम्मेदवारको अग्रता
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन