रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १३ : ४७
रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

काठामडौं । नेपाली मुलकी चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि भोट मागेकी छन् ।

पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भएपनि अभिनेत्री कोइराला यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा हिन्दु राष्ट्र र राजतन्त्र पुन: स्थापनाको मुद्दा बोकेको राप्रपाको पक्षमा खुलेकी छन् ।

मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार रविन्द्र मिश्रका लागि भोट माग्दै घरदैलोमा हिडेकी कोइरालाले बुधबार एक भिडियो सन्देश मार्फत थापालाई भोट मागेकी हुन् । उनले भिडियो सन्देश मार्फत थापालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै विजयको अग्रिम शुभकामना समेत दिएकी छन् ।

कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट त्याहाँका मतदाताहरुलाई यस पटक सहासी नारी थापालाई साथ दिन अनुरोध गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस