काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै जारी हस्ताक्षर अभियानमा सहभागिता जनाउने भएकी छन् ।
उनले वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नै पुगेर हस्ताक्षर गर्ने कार्यक्रम छ । मनिषा अहिले रास्वपा कार्यालय आइपुग्ने हस्ताक्षर अभियानका लागि गठित समितिका सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।
वैचारिक रूपमा राजसंस्थाको समर्थक रहेकी मनिषा कुनै पार्टीका पक्षमा अहिलेसम्म खुलेकी भने छैनन् । हस्ताक्षर अभियानमा उनले ऐक्यबद्धता प्रस्तुत गर्न लागेकोमा रास्वपा पंङ्ति हर्षित बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ