काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।
मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।
उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई मनिषाको समर्थन